परदेशीको कथा लेखेको थेँ तिमीलाई के था
नुन छाक खाई टारेको थेँ तिमीलाई के था ।।
सुकोमल बिछ्यौनामा निदाउँदा तिमी मस्त
सपनीमा तिम्लाई पाएको थेँ तिमीलाई के था ।।
गर्मी छेक्न तिम्ले पिइरहँदा फ्यान्टा र कोक
यता मध्य घामले जलेको थेँ तिमीलाई के था ।।
डिस्को बारमा नाच्दै गर्दा रमाउँदै तिमीले
पसिनाको भेल खपेको थेँ तिमीलाई के था ।।
काठको बाकसमा फर्किँदा नरुनु तिमी प्रिय
लास भै तिम्रो सामु फर्केको थेँ तिमीलाई के था ।।
