इन्द्रेणी संवाददाता
दाङ, २३ माघ । मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि घोराहीको पद्योदय क्याम्पसका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन । विद्यार्थीहरुले मंगलबार क्याम्पसमै एक कार्यक्रमको आयोजना गरेर मृगौला पीडित पौडेलकी छोरी शारदा पौडेललाई रकम हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर तीन हजार चार सय रुपैया सहयोग गरेका हुन् । पद्योदय क्याम्पसमा विविएस पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले २ हजार १ सय, दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले एक हजार ७० रुपैया र तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुले २ सय ९० रुपैया गरि ३ हजार ४ सय रुपैया सहयोग गरेका हुन् ।











