इन्द्रेणी संवाददाता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नं १ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यस प्रदेशमा अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुनेछ ।

nirbachanप्रदेश नं ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता÷अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रदेश नं ५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ । त्यस्तै प्रदेश नं ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता-अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।