इन्द्रेणी संवाददाता
काठमाडौँ, २३ माघ । नेपालमा सवारी दुर्घटनाबाट वर्षेनी हजारौं सर्वसाधारणले ज्यान गुमाउने गर्दछन् । नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् ।

bus accdentनेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७, ०७१÷७२ मा दुई हजार चार, ०७२÷७३ मा दुई हजार छ, ०७३÷७४ मा दुई हजार ३८४ र ०७४÷७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको छ ।

त्यस्तै आव ०७०÷७१ मा आठ हजार ४०६, ०७१÷७२ नौ हजार १४५, ०७२÷७३ मा १० हजार १३, ०७३÷७४ मा १० हजार १७८ र र ०७४÷७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् । सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ ।