इन्द्रेणी संवाददाता
काठमाडौं . पत्रकार एवं साहित्यकार सविन प्रियासनको सातौ कृति सहनशीला उपान्यासको आइतबार काठमाडौंमा विमोचन गरिएको छ । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेव गौतमले सहनशीला उपन्यासको विमोचन गरेका हुन् । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष प्रियासनको सहनशीला पाँचौ उपन्यास हो ।
विमोचन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एव्र पार्टी प्रचारविभाग प्रमुख योगेश भट्टराई, माओवादी केन्द्र प्रवक्ता पम्फा भुषाल , नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
ब्रदर बुक्स प्रालि काठमाडौंले बजारमा ल्याएको सहनशीला उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको र महिलाको सवालमा केन्द्रीत रहेको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो । सहनशीला उपन्यासको व्यापक प्रचारप्रसारका लागि देशका विभिन्न शहरहरुमा विशेष कार्यक्रम गर्ने योजना उपन्यासको प्रकाशक संस्था ब्रदर बुक्सले बनाएको छ । एकसय बयानब्बे पेजको सहनशीला उपान्यासको मूल्य दुइसय साठी रुपैयाँ रहेको छ । प्रकाशकले विमोचनका अबसरमा दुइसयमा पुस्तक बिक्री गरिएको थियो ।