बिजौरी, २२ माघ । जन कल्याण माध्यामिक विद्यालयमा प्राविधिक शिक्षालयका लागि आयोजना गरिएको ज्ञान महायज्ञमा सोमबार मात्रै १२ लाख बढि संकलन भएको छ ।

dinfnbandhauदान दातव्य, अनुष्ठानबाट उक्त रकम संकलन भएको मूल आयोजक समितिका कोषाध्यक्ष प्रदीप गौतमले जानकारी दिएका छन् । सोमबार सबैभन्दा बढि केदारनाथ गौतमले एक लाख एघार हजार एक सय ११, दिनेश पन्थीले एक लाख एक हजार एक सय ११, रुद्रलाल घिमिरेबाट ५५ हजार, सरला शाहले २५ हजार ५५, शिवाज क्रकिंट उद्योगबाट २५ हजार ५, चेतना सुवेदीले २३ हजार २ सय ८०, भक्तिराम ज्ञवाली र रमादेवी ज्ञवालीबाट १५ हजार ८ सय १५, मानबहादुर कार्कीले १५ हजार एक सय दश, विमला डाँगीले १५ हजार एक सय ५, हरिप्रसाद÷राधा अर्यालबाट १५ हजार एक सय २५, बद्री रिजालले १५ हजार दश दान गरेका छन् ।

त्यसैगरी कृष्णबहादुर ÷रेखा डाँगीले १५ हजार, दधिराम रिजालले १५ हजार ५ सय ५, ईश्वर पोख्रेल तथा मुन्नादेवी पोख्रेलले १५ हजार एक सय १५, केशर बहादुर डाँगीले १५ हजार एक सय ५, धनादेवी रिजाल १० हजार ५ सय , मनोजजंग ÷सन्तोषजंग राणाले १५ हजार, कृष्णप्रसाद पोख्रेल ÷दामा पोख्रेल १० हजार २ सय २५, डाँगी बन्धु ट्रष्ट ११ हजार एक सय ११, देव डाँगी दश हजार, इन्दिरा अधिकारीले दश हजार एक सय २५ दान गरेका छन् ।

१८ लाख बढिको जग्गा दान

सोमबारमै १८ लाख बढिको जग्गा दान प्राप्त भएको छ । आयोजक समितिका कोषाध्यक्ष प्रदीप गौतमका अनुसार सोमबार भवानी देवी शर्माले १६ लाख बराबर मूल्यको जग्गा दान गरेकी थिइन मीनराज रिजालले २ लाख २२ हजार मूल्यको जग्गा दान गरेकी थिइन । ज्ञान महायज्ञमा कथा वाचनसंगै गरिने अभिनयले श्रोता दर्शकहरुको मन तान्न थालेको छ । महायज्ञमा मुख्य कथावाचकमा पण्डित दिनबन्धु पोख्रेल र सहकथा वाचकमा धु्रवशरण बश्याल रहेका छन् ।

हालसम्म एक करोड बढिको जग्गा दान प्राप्त भएको छ । माघ १८गतेदेखि सञ्चालन भएको महायज्ञमा नगद मात्रै एक करोड बढि संकलन हुने अपेक्षा राखिएको मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिएका छन् । यसैबिच सोमबारसम्म दान दातव्य, अनुुष्ठान सबै कार्यमा सहयोग गर्नहुने सम्पूर्ण मनकारी दाताहरुमा मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले धन्यवाद ज्ञापन गरेको प्रचार प्रसार समितिका संयोजक राकेश बस्नेतले जानकारी दिएका छन् ।