तुलसीपुर , २१ माघ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय तहको क्षेत्र अधिकार भित्र रहेका कुराहरुमा नीति र कानुन वनाउने भएको छ । नगर कार्यपालिकाको वैठकले विभिन्न ३६ वटा विषयमा कानुन वनाउनका लागि कार्यपालिका सदस्यहरुलाई जिम्मेवारी तोकेको हो ।

tulsipur nagarpalikaतुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतमा वसेको वैठकले तत्काल सबै विषयका कानुन वनाएर स्थानीय तहमा काम सुचारु गर्ने पनि वताएको छ । ‘स्थानीय तहमा सवै अधिकार प्रत्यायोजन गरिएकाले कानुन वनाउन लागिएको हो ’ नगरप्रमुख पाण्डेले भने । उनले कानुन निर्माण भएसँगै काम अगाडि वढाउनका लागि सजिलो हुने समेत वताए । कार्यपालिकामा प्रतिनिधित्व गर्न सवैलाई सल्लाहकार राखेर कानुन वनाउने जिम्मेवारी तोकेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

कार्यपालिकाको बैठकले तुलसीपुर उपमहानगरले भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालन गर्न थालेको यान्त्रिक साधन सञ्चालन सम्वन्धि कार्यविधि पनि पारित गरेको छ । कार्यविधि पारित गरेसँगै भौतिक निर्माणका लागि उपमहानगरपालिकाले सुलभ दरमा जनताका लागि जेसिवी, रोलर, टिप्पर र टेक्टर उपलब्ध गराउने छ ।

वैठकले स्थानीय सरकार सञ्चालन ऐन वमोजिम साना तथा घरेलु उद्योग दर्ताको जिम्मेवारी स्थानीय तहलाई दिएपनि अझैसम्म अधिकार प्रत्यायोजन नभएकोमा पत्रकार गरेर जानकारी गराउने निर्णय समेत गरेको छ ।