दाङ– घोराही उपमहानगरपालिकाको आयोजनामा आजदेखि घोराहीमा बालसंरक्षण नीति निर्माण सम्बन्धी दुई दिने अभिमुखिकरण गोष्ठी शुरु भएको छ । कार्यक्रममा कार्यवाहक नगर प्रमुख सिता न्यौपानेले बालअधिकारलाई व्यवहारमै कार्यान्वयन गर्न नीति निर्माणको प्रक्रिया थालिएको बताउनुभएको थियो । बालबालिकाका बाँच्न पाउने, संरक्षण पाउने, विकास हुन पाउने र सहभागी हुन पाउने अधिकार संरक्षण गर्दै उपमहानगरलाई नमूना बनाउने योजना बनाइरहेको उहा“ले बताउनुभयो ।
निमित्त प्रशासकीय अधिकृत बालकृष्ण खनालले उपमहानगरपालिकालाई पा“च बर्षभित्र बालमैत्री बनाउने लक्ष्य अनुरुप आबश्यक नीति तर्जुमा गर्न थालेको जानकारी दिनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ वटै वडाका अध्यक्ष, उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य, सामान्य प्रशासन, महिला बालबालिका लगाएतका सरोकारवाला शाखाको सहभागिता रहेको छ । नीति निर्माण कार्यक्रमको सहजिकरण बालअधिकारकर्मी विकिरण गौतम र दुर्गालाल केसीले गरिरहनुभएको छ । कार्यक्रमको सञ्चालन उमहानगरपालिकाका सूचना अधिकृत प्रेम केसीले गर्नुभएको थियो ।











