इन्द्रेणी संवाददाता
काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज राजनीतिक भेटघाटमा व्यस्थ छन् । आज उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुलाई भेट गरेकी छन् ।
स्वराज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग होटल सोल्टीमा विहान ९ः४० देखि साढे १० बजेसम्म ५० मिनेटसम्म भएको भेटवार्ता भएका छन् । भेटमा दुई पक्षीय हित, आपसी चासो र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ ।
त्यस्तै प्रधामन्त्री शेरबहादुर देउवाबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
बिहीबार नेपाल भ्रमणमा आएकी स्वराजले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेर प्रधानमन्त्री देउवालाई भेटेपछि भेटको श्रृंखला टुंग्याउनेछिन् ।











