जनक नेपाली
दाङ, १९ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ स्थित मजघटुवाका बाढी पीडितहरुलाई बाख्रा वितरण गरिएको छ । काठमाण्डौमा रहेको टेवा संस्थाको आर्थिक सहयोग एवं दलित महिला एकता केन्द्र दाङको संयुक्त आयोजना बाख्रा वितरण गरिएको हो ।
गत साउँन २७ आएको बाढीले घरबाँस बगाउँदा बिचल्ली परेका स्थानियहरुको आयआर्जनका लागि बाख्रा वितरण गरिएको दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ताले जानकारी दिनुभयो । विपन्न १९ घर दलित परिवारलाईप्रति परिवार एक ÷एक वटा बाख्रा वितरण गरिएको गुप्ताले जानकारी दिए ।
आर्थिक अबस्था कमजोर हुदा दैनिक समस्यामा परेका बाढी पीडितहरुलाई आय आर्जनका लागि सहयोग पु¥र्याउँने उहाँको भनाई छ । बाढी पीडित नरबहादुर विक, कल्पना बिक, रमेश बिक, मिना विक, करुणा विक, राजकुमारी बिक, लक्ष्मी विकलाई बाख्रा प्रदान गरिएको थियो । यस्तै सुमित्रा दमाई, देबबहादुर दमाई, सरिता विक, रीमा विक, जितराम विक, चन्द्रवीर विक, भोलाप्रसाद विक, धनबहादुर विक, संजय विक, पार्वति विक, राजु विक, र भुमा विकलाई बाख्रा प्रदान गरिहेको थियो । सगरमाथा बाढी पीडित समुहका अध्यक्ष नरबहादुर बिक दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मलकुमारी गुप्ता उपाध्यक्ष मिना नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरेकी थिइन् ।
बाढीले घर बगाउँदा विस्थापित बनेका सबै त्रिपाल मुनी गुजारा गर्दै आएका छन् । घर बनाउँन नस्कदा कतिपय बाढी पिडित अहिले आफन्तको बस्दै आएका छन । । घर भत्किएको ७ महिना पुगेपनि हाल सम्म कुनै निकायले घर निर्माणका लागि पहल नगरेको उनिहरुको दुखेसो व्यक्त गरेका थिए ।
आम्दानीको श्रोत नहुदा कतिपय बाढी पीडित ज्याला मजदुरी र संगै भारतका विभिन्न क्षेत्रमा काम गर्न जानु पर्ने बाध्यता भएको बताउँदै बाख्राले थोरै पनि परिवारको पालन पोषणमा सहयोग पुग्ने बाढी पीडित करुणा विकले बताए । घरभित्र रहेका सबै सम्पति बाढीले बगाएर लग्यो घर बनाउँन पैसा छैन उहाँले थप्नु भयो ।साझ बिहानको छाँक टार्न समेत मुस्किल भएको उनको भनाइ छ ।
‘दैनिक छाँक टार्न हम्मे हम्मे पर्छ छोरा छोरी कसरी पढाई लेखाई गर्नु समस्या छ हाम्रा समस्या कसैले सुनेनन्’ उनले भने, ‘सरकारले दिने भनेको राहत पनि अहिले सम्म पाएका छैनौ यसले झनै समस्यामा छौ ।’