इन्द्रेणी संवाददाता
काठमाडौं १९ माघ । वाइसिएल नेपालले देशका १० शहरमा जनयुद्द दिवस मनाउने भएको छ । संगठनले एक विज्ञप्ति प्रकाशित गर्दै यो जानकारी दिएको हो । जनयुद्ध दिवसको तयारी गर्ने सन्दर्भमा बसेको वाईसिएल बैठकले जनयुद्दको २३ औं वार्षिकोत्सव ‘ भव्यतापूर्वक मनाउने र देशभरका १० वटा शहरहरुमा केन्द्रिकृत रुपमा तर आआफ्ना सापेक्षतामा मनाउने निर्णय गरेको हो ।

जनयुद्ध दिवस मनाउने सबै सहरहरुमा वाईसिएल नेपालले आफ्ना नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले इटहरीमा पूर्ण भुजेल, विरगंजमा लालेन्द्र कुमार मण्डल, काठमाडौंमा ज्ञान बहादुर गुरुङ्, चितवनमा केहरसिंह कुँवर, पोखरामा विनय थापा, बुटवलमा गंगा कार्की ‘पुजा’, दाङमा गणेश शाही, नेपालगंजमा रतन शाही, सुर्खेतमा गगन बहादुर मल्ल ‘युनाईटेड’ र धनगढीमा सुरज सिंह लाइ जनयुद्ध दिवस संयोजन गर्ने जिम्मेवारी बिएको जनाएको छ
।

यस्तै काठमाडौंमा हुने जनयुद्ध दिवशको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली लाइ प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने निर्णय वाईसिएलले गरेको छ । साथै जनयुद्ध दिवसमा दुवै पार्टीका अन्य शिर्ष नेताहलाई निमन्त्रणा गर्ने निर्णय भएको छ ।










