इन्द्रेणी संवाददाता
दाङ १८ माघ । अखिल क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस विविएस प्रथम वर्षमा जीवन चौधरीको अध्यक्षतामा चौविस २४ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ ।
जसको उपाध्यक्षमा गोमा नेपाली सचिवमा विजय चौधरी सहसचिवमा रोशनी श्रीसमगर र कोषाध्यक्षमा सागर चौधरी रहनु भएको छ । यसै गरी विएड प्रथम वर्षमा कृतिका रेग्मीको अध्यक्षतामा उन्नतिस २९ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा विमला रावत सचिवमा सीता सुनार सहसचिवमा सारदा जिएम र कोषाध्यक्षमा जलसा वुढा रहनु भएको छ ।
ईकाई अध्यक्ष प्रदिप विष्टको अध्यक्षतामा एवम अखिल क्रान्तिकारी दाङका जिल्ला संयोजक जंग रोका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला भेला आयोजक समिती सदस्य अञ्जनी पुन र निश्चल केसीको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण ईकाई सचिव गिरवहादुर महराले गर्नु भएको थियो ।