इन्द्रेणी संवाददाता
तुलसीपुर, १८ माघ । दाङको तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा रिपोर्टिङका लागि पुगेका नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य एवं जनता टेलिभिजनका दाङ संवाददाता गणेश आचार्यमाथि दुरव्यवहार भएको छ । अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
योग्यता नपुगेका चिकित्सकबारे सुचना संकलनका लागि उक्त अस्पताल पुग्नुभएका आचार्यमाथि अस्पतालका अधिकृत निमबहादुर ओलीले दुव्र्यवहार गरेका हुन् । सो क्रममा उनले सुचना उपल्बध गराउनुको साटो उल्टै पत्रकार आचार्यको क्यामेरा खोस्ने दुष्प्रयास गरेका थिए ।
सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति महासंघ घोर भत्र्सना एवं निन्दा प्रकट गर्दै सो घटना प्रेस स्वतन्त्रताका विपारित भएको पनि हाम्रो ठहर छ । महासंघका अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र वलीले आज प्रेस विज्ञप्ति जारी गरी घटनाको भ्रत्सना गरेका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारीको पनि ध्यानाकर्षण
यससैबीच प्रेस चौतारी दाङले पनि पत्रकार आचार्यमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष टीका वस्नेतले विज्ञप्ति जारी गरी प्रेस चौतारी नेपाल दाङ शाखाका साधारण सदस्य एवं रेडियो प्रकृतिका सम्पादक तथा जनता टेलिभिजनका दाङ सम्वाददाता गणेश आचार्यप्रति भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा दोषीमाथि कार्वाही गर्न प्रशासनसँग माग गर्दै सुचना सम्प्रेषण गर्ने सञ्चारकर्मी माथि यस्ता किसमका दुव्र्यवहार आगामी दिनमा नदोर्होयाउन चेतावनी दिदै दोषी माथिआवश्यक कारबाहीको माग गर्दछौं ।
यसैगरी पत्रकार गणेश आचार्यप्रति भएको अभद्र व्यवहारप्रति प्रेस सेन्टर दाङले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा भनिएका छ। ‘ नागरिकलाई सूचना प्रवाह गर्ने सञ्चारकर्मीमाथि अस्पताल जस्तो जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट भएको हर्कतलाई हामीले सिंगो प्रेसमाथिको हस्तक्षपका रुपमा लिएका छौं ।’
