नीति मिच्नेहरू नै यहा नेता बनेर आए

मैदानबाटै भागेका बिजेता बनेर आए

के छ हँ त्यो सिंहदरवार भित्र त्यस्तो?
निस्किदा सुकिला र सेता बनेर आए

देश लुट्ने र बेच्ने सिबाय नगरेकाहरू
वाद र विकासका प्रणेता बनेर आए

साचो प्यारमा भगवान हुन्छ भन्नेहरू
आज मुटुको क्रेता बिक्रेता बनेर आए

म हर चोटमा पनि मुस्काउन खोज्दैथेँ
कुनै पल रूनै पर्ने बाध्यता बनेर आए।।