दाङ, ९ माघ । खोलाबाट अवैध रुपमा बालुवा र गिट्टी उत्खनन गरिरहेको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दाङको तुलसीपुरबाट ८ वटा टेक्टर नियन्त्रणमा लिएको छ ।

khola-ko-baluwa-dhungaइलाका प्रहरी कार्यालय तुल्सीपुरबाट गएको प्रहरी टोलीले दिउँसो तुल्सीपुर उपमहानगरपालिकाको ग्वारखोला र पातुखोलाबाट रा १ त २२३५, रा १ त १८०९, रा १ त ५८५ ,रा१त १८७५,रा १ त २१७२,रा१त१५०८ रा१त २४८८ र रा१त २६३९ नम्वरको टयाक्टर नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका टयाक्टरलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।