दाङ, ७ माघ । प्रदेश नं ५ को अस्थायी राजधानीको माग गर्दै विगत पाँच दिनदेखि दाङमा जारी आमहडताल आज राति ११ बजेपछि फिर्ता हुने भएको छ । संघर्ष समितिको लमहीमा केहीबेर अगाडि बसेको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने जारी रहने संघर्ष समितिका सचिव एवं माओवादी केन्द्र दाङका नेता निर्मल आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश नम्बर ५ को मतदान केन्द्र दाङलाई तोकिएकाले त्यसमा अवरोध र असहजता नहोस भनेर आन्दोलन तत्कालका लागि फिर्ता गरिएको संर्घष समितिका सचिव एवं माओवादी केन्द्रका पोलिटव्युरो सदस्य निर्मल आचार्यले जानकारी दिए ।

आइतबार बिहानदेखि यहाँका शिक्षण संस्था, यातायातका साधन, उद्योग तथा कलकारखाना, बजार नियमितरुपमा सञ्चालन हुनेछन् । त्यसैगरी चक्काजाम, धर्ना, ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम भने जारी रहने आचार्यले जानकारी दिनुभयो ।