इन्द्रेणी संवाददाता
दाङ, २ माघ । सरकारले प्रदेश नम्बर ५ को राजधानी लम्विनी क्षेत्रलाई तोक्ने तयारी गरिरहेका वेला दाङलाई तोक्नुपर्ने दावी गर्दै आन्दोलनमा उत्रिएका छन् ।

26238798_1820825974618478_7291483191547523429_n

फोटो फाइल

दाङलाई राजधानी वनाउनका लागि यसअघि महत्वपूर्ण भुमिका र दवाव श्रृजना गर्दै आइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले सबै श्रोत र साधनका हिसावले उपयुक्त रहेको दाङ जिल्लालाई राजधानी वनाउन वर्तमान सरकार पछि हटेको संकेत पाएपछि आज मंगलवार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत र महासचिव रुप वहादुर खत्रीले एक प्रेस विज्ञप्ती जारी गरी दाङलाई अस्थायी मुकाम तोक्न आग्रहगरेको हो ।

प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने संकेत पाएको भन्दै दंगालीहरुले आज जिल्लामा कडा आन्दोलन गर्दैछन् । दाङ प्रादेशीक सरोकार समितिको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा दंगालीहरुले आज अन्दोलन गर्ने भएका छन् ।

जस अनुसार आज मंगलवार दिउसो २ देखी ४ बजेसम्म जिल्लाका सम्पूर्ण पसलहरु बन्द गर्ने, ३ देखी ४ बजेसम्म यातायात बन्द गर्ने र घोराही, तुलसीपुर र देउखुरीमा वृहत पर्दशन गर्ने तयारी छ ।