काठमाडौँ, २ माघ । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न आज बोलाइएको मन्त्रिपरिषदको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
आज मंगलबार दिउँसो बस्ने गरी तय गरिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
दुई वाम दल र निर्वाचन आयोगले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको विवाद टुंगो लगाउने निर्णय लिन दबाब दिइरहेका बेला मन्त्रिपरिषद बैठक नै स्थगित भएको हो ।
प्रदेश प्रमुख र अस्थायी राजधानीको जारी विवाद राजनीतिक दलहरुसँगग सहमबिाटै टुंग्याउन भन्दै मन्त्रिपरिषद् स्थगित गरिएको स्रोतले जनाएको छ ।
