इन्द्रेणी संवाददाता
दाङ, १ माघ । आज माघे सक्रान्ति अर्थात माघी (तरुल खाने) पर्व । यो पर्वलाई आज धुमधामका साथ मनाइदैछ । विशेष गरी थारु समुदायले यो पर्वलाई धुमधामका साथ मनाउदैछन् ।
यो पर्वका दिन दाङका धार्मिक पर्यटकीय क्षेत्र वाह्रकुने र रिहारमा भव्य मेला लाग्ने गर्दछ । वर्षेनी माघ १ गते लाग्ने मेलामा विहानैदेखि तिर्थालु र मेला भर्नेहरुको भिड छ । वाह्रकुने दहमा विहानै माघी नुहाउनेहरुको उत्तीकै घुइचो छ भने रिहारको तप्तकुण्डमा पनि उत्तीकै भिड रहेको छ ।
यी मेलामा आफ्नो व्यवसाय ल्याउनेहरु आजभन्दा दुई÷तीन दिनदेखि नै आइसकेका छन् । यी मेलाहरु जिल्लाका ठूला मेलाहरु पनि मानिन्छन् । वाह्रकुने मेला भर्नाका लागि छिमेकी जिल्ला सल्यान, रोल्पा, प्युठानलगायतका क्षेत्रबाट आउने गर्दछन् भने रिहार मेला भर्नाका लागि भारतबाट समेत तिर्थालु आउने गर्दछन् ।











