काठमाडौं, ३० पुस । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । योसँगै सरकारमाथि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने दवाव बढेको छ ।
आयोगका तालिका अनुसार जाँदा पनि अन्तिममा माघ ६ गतेसम्म प्रदेश सांसदलाई सपथ खुवाईसक्नुपर्नेछ । किनभने, सपथ नखाई उनीहरु राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता हुँदैनन् । आयोगले माघ ७ गते मतदाता नामवली सार्वजनिक गर्ने कार्यसूचि अगाडि सारेपछि कम्तीमा त्यसको एक दिन अगाडि प्रदेश सांसदलाई सपथ खुवाउनुपर्नेछ ।
तर, अहिलेसम्म सरकारले प्रदेश प्रमुखको नियक्ति र प्रदेशको अस्थायी राजधानी तोेकेको छैन् । यसैले अवको एक सातामा प्रदेश सांसदले सपथ लिने सम्पूर्ण तयारी पुरा गर्ने दवाव सरकारमाथि दवाव परेको छ ।
आयोगले तयार पारेको राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्बन्धी कार्यतालिका अनुसार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेका छन् । निर्वाचन माघ २४ गते हुनेछ । यसका लागि माघ ७ गते मतदाता नामवली सार्वजनिक र माघ १० गते उम्मेदवारी दर्ताको समय तय भएको छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)