इन्द्रेणी संवाददाता
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन सम्म रातिको समयमा पनि बन्द नहुने भएको छ । थारुको माघी पर्व शुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो ।
यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आजदेखि माघ २ गतेसम्म सडक खुला रहने छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।










