इन्द्रेणी संवाददाता
दाङ, २९ पुस । समान्य विवादले चर्काे रुप लिएपछि दाङको लमहीस्थित रोजी वड्स वालवाटिका विद्यालयमा अध्ययनरत बालिका लिप्सा भण्डारी र लिजा भण्डारीले नाताले मामा माइजु पर्नेहरुले आफ्ना आमा वुवालाई हिरासतमा पु¥याएपछि आफूहरु विचल्लीमा परेको गुनासो गरेकी छन् ।

22आज शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले विना कारण सामान्य विवादलाई केही महिलाहरुको समूहले घटनाको अतिरञ्जित गरेर महिला हिंसासँग जोडेर आफूहरुलाई विचल्लीमा पारेको उनीहरुले गुनासो गरे ।

लमही नगरपालिका ५ की भगवता केसी (न्यौपाने) ले पुस ४ गते स्कुलबाट आफूहरु घर फर्कने क्रममा कुटपीट गरेको र सोही विवादमा आफ्ना आमासँग विवाद हुँदा अहिले बुवा नरबहादुर भण्डारी र आमा शिवा भण्डारीलाई लमही इप्रकाको हिरासतमा राखिएको छ । उनीहरुलाई आफूहरुलाई पनि दुई दिन विना कारण प्रहरीले हिरासतमा राखेको र परिक्षासमेत छुटाइ दिएको उनीहरुले बताए । पत्रकार सम्मेलनमा उनीहरुसँग आएका दाजुहरु देवेन्द्रराज कार्की र डिल्लीराज शर्माले अहिले यो समान्य विवादलाई अतिरञ्जित गरेर केही महिलाहरुले दैनिक जसो लमही इप्रकामा धर्ना दिने काम गरिरहेको समेत बताए ।

छोरा छोरीमाथि भएको कुटपीटलाई लिएर भगवता केसी न्यौपाने र शिवा भण्डारीबीच भएको विवादमा आफै भुईमा लडेर भगवताको टाउँकोमा चोट लागेको तर घटनालाई ज्यान मार्ने उद्योगतर्फ अतिरञ्जित गरिएको समेत उनीहरुले बताए । आमा बुवालाई करीव १५ दिन हिरासतमा लिएपछि घिरमा १५ वर्षिया लिप्सा भण्डारी, १३ वर्षिया लिजा भण्डारी र उनका पाँच वर्षिय भाइ मात्रै घरमा रहेका छन् ।

26793914_10210701017793435_45249923_n