नुवाकोट, २९ पुस । माघे संक्रान्ति भन्ना साथ नेपालीले घ्यू, चाकु र तरुल त सम्झने नै भए । अनि सम्झनेछन् नदी, घाट, तलाउहरुमा स्नान गरी पवित्र हुने कर्मलाई पनि । तर अब समय बदलिएको छ–यी दुई बाहेक गोरु जुधाई पनि सम्झन थालेका छन् ।

goruपहिले नुवाकोट, धादिङ र रसुवातिरमात्र माघेसंक्रान्तिमा गोरु जुधाई समेत सम्झने गरेकोमा अहिले देशका धेरैस्थानमा मानिसहरुले गोरु जुधाईलाई सम्झने गरेको गोरु जुधाई हेर्न देशमा विभिन्न क्षेत्रका मानिसहरुको आगमनबाट थाह हुन्छ । राजधानी काठमाडौंतिर पनि नुवाकोटको गोरु जुधाईको राम्रै चर्चा हुने गरेको छ ।

यो वर्ष पनि नुवाकोटको दुईस्थानमा गोरु जुधाईलाई सफलरुपमा सञ्चालन गर्न आयोजक अन्तिम तयारीमा जुटिरहेका छन् । गोरु जधाई भन्नासाथ धेरै सम्झने स्थल हो–तारुका । अनि अहिले जोडिएको छ ऐतिहासिक एवम् धार्मिक स्थल बेत्रावती पनि । यो वर्ष नुवाकोटमा ३० हल गोरुको जुधाई हेर्न पाइने छ ।

तारकेश्वर गाउँपालिका–२ तारुकामा २० हल र विदुर नगरपालिका–१० बेत्रावतीमा १० हल गोरु जुधाउनका लागि किसानहरुले गोरु दर्ता गरेको आयोजकले जनाएको छ

नवदीप अजनबी /उज्यालो