इन्द्रेणी संवाददाता
काठमाडौं, २९ पुस । माघ २४ गते तोकिएको राष्ट्रियसभा सदस्य चुनावमा भाग लिन २१ राजनीतिक दलले दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगले दिएको १५ दिनको समयअवधिभित्र २१ वटा राजनीतिक दलले राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
यसअघि स्थानीय तह तथा प्रतिनिधि र प्रदेशसभा चुनावमा एक सिट नजितेका दलले पनि राष्ट्रियसभा चुनावका लागि दल दर्ता गरेका छन् ।
आयोगले राष्ट्रियसभाका लागि शुक्रवारसम्म अन्तिम दिन समय तोकेको थियो ।











