दाङ, २८ पुस । लमहीदेखि कोइलावास जोडने हुलाकी मार्गमा पर्ने स्थानीयहरुले आफूहरुलाई सरकारले मुआव्जा वितरणमा ढिलासुस्ती गरेको गुनासो गरेका छन् ।

jamuibasसडक निर्माण कार्यको ठेक्कापट्टा समेत भइसकेको र मुआव्जा वितरणमा ढिलाई भएका कारण सडकको निर्माण कार्यले गति लिन नसकेको उनीहरुको भनाइ छ ।

यसअघि सरकारले दशैतिहार लगतै स्थानीयलाई मुआव्जा वितरण गर्ने भन्दै सो सडकखण्डको जंगल क्षेत्रबाट सडकको निर्माण कार्यसमेत थालनी गरिसकेको छ ।

यता मध्यपश्चिम क्षेत्रीय हुलाकी सडक आयोजना नेपालगञ्ज कार्यालयका प्रमुख सौरब बज्राचार्यले भने मुआबजाको फाइल गत कार्तिक १७ गते नै केन्द्रमा पठाएको र अर्थमन्त्रालयबाट निर्णय भएर आउन बाँकी रहेको जानकारी दिए । मुआबजाका लागि ५८ करोडको माग गरिएको छ ।