इलाम, २७ पुस । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् । देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको बिहीबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
सामान्य भनाभनपछि डिल्लीले गंगालाई १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी सात वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेको बताइएको छ । रासस










