इन्द्रेणी संवाददाता
काठमाडौँ २७ पुस । नयाँ संरचना अनुसार देश संघीय प्रणालीमा जाँदै गर्दा प्रदेश नम्बर १ भने यतिबेला आन्दोलनमा छ । १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै धनकुटा लागाएत राजधानीमा पनि आन्दोलन चर्किएकोछ । प्रदेश नम्बर १ को राजधानी धनकुटा घोषणा गर्न माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ ।
हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएको धनकुटाकी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रकी नेत्री कुसुम श्रेष्ठले बताइन ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)