इन्द्रेणी संवाददाता
सिराह, २६ पुस । केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको ज्यान गएको छ ।
अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुरका ४१ वर्षीया माकोदेवी पासवानको मृत्यु भएको हो ।
यस्तै अत्यधिक चिसोको कारण सोमबार साँझ कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी ५ वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको हो ।
चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।