इन्द्रेणी संवाददाता
सल्यान, २६ पुस । सल्यानमा एक जना महिलाले सौताको हत्या गरेकी छन् । दार्मा गाउँपालिका वडा नम्बर ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बञ्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

axe-attackचन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौतालाई वञ्चरो प्रहार गरेकी थिइन् । सौताको हत्या गरेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । मृतक खत्रीका ३ छोरी र १ छोरा छन् ।