गोविन्द खड्का
घोराही । पहिलो पटक घोराहीमा टोयोटा फर्चुनर गाडि विक्री भएको छ । घोराही भरतपुर निवासी संकर गौतमले राप्तिको अधिकारीक डिलर योगी एण्ड सन्स ईन्टरप्राईजेज घोराही बाट खरीद गर्नुभएको हो । यसको मूल्य एक करोड तिस लाख रहेको शोरुमका सेल्स म्यानेजर जीवन योगीले जानकारी दिनुभयो । उहाका अनुसार सात जनाको सिट भएको गाडि पारीवारीक रुपमा अति उपत्तम छ ।
चालकसहित पुग्नुभएका भरतपुर खानेपानीका अध्यक्ष समेत रहनुभएका गौतमलाई डिलरका धु्रर्व योगीले कारको चावी हस्तान्तरण गर्नुभएको थियो । म्यानेजर योगीले दिनुभएको जानकारी अनुसार कारमा सातवटा एरव्याग रहेका छन् । दुई सय २५ एमएम ग्राउण्ड किलीरेन्स छ । जसले उपड खापड कच्ची रोडमा पनि चलाउ“दा कुनै समस्या आउदैन । असि लिटरको ट्याकीभएकाले लामो दुरीमा पनि सम्भव छ । डिजेलवाट चल्ने, माईलेज १४ दशमलव ९६ किलोमिटर प्रतिलिटर भएकाले गाडिमा धेरैको अकर्षण रहेको बताईएको छ । म्यानेजर योगीका अनुसार यसको ईन्जिन पावर २७ सय ५५ सिसिको, फोरह्वील डाईभ छ ।
लगतै टोयोटाको अति सुविधा सम्पन्न गाडि टोयोटा रस आउदै गरेको योगीले जानकारी दिनुभएको छ । शोरुममा टोयोटा ईटिओस प्लाटिनम गाडि पनि केहि दिन भित्रै आउदै छ । यसको मुल्य ३७ लाख ९० हजार रहेको छ । कारोवार तिव्र भएपनि शोरुम उद्घाटन गरिएको छैन । कार्तिक २९ गते घोराही लुम्विन स्टोरका टिकाराम पन्थले ईनोभा क्रिष्टा जी दुई दशमलव एमपीभि टोयोटा कार लैजानुभएको थियो । पहिलो ग्राहक पन्थले फलिफाप होस भनेर शुभकामना दिनुभएको थियो । संयोग हुन सक्छ डेढ महिना नवित्दै अर्को गाडि बिक्रीगर्न सोरुम सफल भएको छ ।
सन्चालक नविन योगीका अनुसार डिलर बाट ३५ लाख देखि तिन करोड ८६ लाख सम्मका गाडि विक्री गर्न सकिने छ । यसै बर्ष सन्चालनमा ल्याउने गरी आधुनिक वर्कशप निर्माण कार्य शुरु भएको छ । योगाीका अनुसार ईटिवस लिभा र प्लाटीनम ईटिवस भर्खरै लन्च भएका पच्छील्ला उत्पादन हुन् । त्यस संगै हाईलक्स ८० लाख ५० हजार सम्मको छ । हाईस ६७ लाख को छ । त्यसैगरी एक करोड ८४ लाख देखि तिन करोड २३ लाख सम्मको चारवटा मोडलमा ल्याण्ड क्रुजर छन् । एक करोड ६ लाख देखि एक करोड ३० लाख सम्मको ¥याभफोर गाडि छ । अरु जुनसुकै गाडि बुकिङ गर्न सकिने शोरुमले जनाएको छ । बुकिङ गरे जति सक्दो चाडो ल्याउन पहल गरीने योगीले जानकारी दिनुभयो । नेपालमा पाउने सबै मोडेलका गाडिहरु डिलरमा ल्याउन लागिएको र सेल्स सर्झिस र पार्टसको सुविधा दिने योगीको भनाई छ ।