इन्द्रेणी संवाददाता
दाङ, २४ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ । वडा नम्बर १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम सुरु गरेको हो ।
उपमहानगरपालिका वडा नम्बर १९की सबैभन्दा वृद्व एक सय तीन वर्षिया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको सुरु गरेका हुन् । उपमहानगरपालिकाबाट दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्ववृद्वाहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ ।
वडा नम्बर १९ भित्र रहेका १६ जना मध्ये ९ जनालाई आइतबार नै वितरण गरिएको छ । कार्यक्रममा टोपी, ब्लाङ्केट, ओड्ना एक एक थान वितरण गरिएको थियो । न्यानो कपडा पाउने ज्येष्ठ नागरिकहरुमा मणीभद्र खत्री, नरवीर बस्नेत, भद्रबहादुर घर्ती,वासुदेव उपाध्याय, रामजु चौधरी, बस्यौनी चौधरी र मोती वली रहेका छन् । कार्यक्रममा उनीहरुका स्वास्थ्य चेकजाच समेत गरिएको थियो ।
यसैवीच तुल्सीपुर उपमहानगर पालिका वडा नं. १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । ८४ वर्ष पुगेका ५ जना वृद्ववृद्वाहरुलाई टोपी, ब्लाङ्केट, ओड्ना एक एक थान वितरण गरिएको छ । खिम कुमारी गौतम, इश्वरादेवि उपाध्याय, सन्त कुमारी कवर, पानकुमारी पुन र दुर्गा बस्नेतलाई वितरण गरिएको थियो । वडामा दलित र अन्य गरि २८ जना वृद्ववृद्वाहरुको रहकोमा आइतवार ५ जनालाई वितरण गरिएको वडाध्यक्ष माधब वलीले वताए । उक्त कार्यक्रममा ८० नाघेका दलित र अन्य ८४ नाघेकालाई स्वास्थ्य चेकजाँच पनि गरिएको वलीले वताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडा कार्यालयले आइतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा न्यानो कपडा वितरण गरीएको हो । वडाका ८० वर्ष उमेर पुगेका २० जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा प्रदान गरीएको हो । जाडो समयमा केहि राहत हुने भन्दै न्यानो कपडा गरीएको वडा अध्यक्ष रानाले बताए ।