
उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्न आग्रह गरेका हुन् ।

सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखको विषय रहेको बताए ।उनले भने, ‘नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यकताको विषय हो ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले विसं २०१७ मा नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने सरकारको लक्ष्य पूरा नभए पनि पछिल्लो समय बाल मृत्युदरमा भने कमी आएको जानकारी दिए । नयाँ पत्रिकाबाट










