रुकुम, २० पुस । रुकुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

acdent copyमध्यपहाडी लोकमार्ग कालोपत्रेको काममा लागेको म १ त १३५ नम्बरको ट्याक्टर सिम्लीको चिसापानीमा दुर्घटना भएको हो। दुर्घटनामा सोही सडकमा काम गरिरहेका कामदार आठविसकोट नगरपालिका ११ निवासी १७ वर्षीय प्रेमबहादुर बिकको मृत्यु भएको हो।