सन्तोष दहित
दाङ, १८ पुस । दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ गर्न लागेको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।
पुस २८ गते जिल्ला समन्वय समितिको प्रांगनमा महोत्सव आयोजना गर्ने निर्णय समेत गरिएको हो । यसैगरी महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
यसैवबीच समितिमा छिटोछरितो काम गर्नका लागि महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति पनि गठन गरेको छ । सचिवालय सदस्यमा केवि चौधरी, लक्ष्मीमान चौधरी, सालिकराम चौधरी, माधव चौधरी, खोपीराम चौधरी सन्तोष दहित, अशोक चौधरी, प्रकाश चौधरी, दीपक चौधरी, नविन चौधरी, नगेन्द्र चौधरी रहेका छन् ।
त्यस्तै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति पनि गठन गरिएको छ । केबी चौधरीको संयोजकत्मा ५ सदस्यीय आर्थिक तथा संघसस्थाहरुसंग समन्वय उपसमिति गठन गरिएको छ । सन्तोष दहितको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार उपसमिति, लक्ष्मीमान चौधरीको संयोजकत्वमा ११ सदस्यीय सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
त्यस्तै माधव चौधरीको संयोकत्वमा १५ सदस्यीय मञ्च व्यवस्थापन तथा भोजन उपसमिति, सालिकराम चौधरीको संयोजकत्वमा ९ सदस्यीय कलाकार समन्वय उपसमिति गठन गरिएको छ । अशोक चौधरीको संयोजकत्वमा ५१ सदस्यीय स्वंसेवक उपसमिति, विष्णु कुसुमको संयोजकत्वमा ७ सदस्यीय अतिथि सत्कार उपसमिति गठन गरिएको मुल आयोजक समितिका संयोजक तेजमान चौधरीले जानकारी दिएका छन् ।