इन्द्रेणी संवाददाता

चितवन १८ पुस ।  मुग्लिन–नारायणगढ सडकखण्डमा आजदेखि रातको समयमा  फेरी बन्द हुने  भएको छ ।  सडक मर्मतका लागि अहिले भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न  लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

narayanghat-muglin-road-339x177

राति सडक बन्द हुने भएकाले काठमाडौंबाट आउने रात्रिबसलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।