काठमाडौं, पुस १५ । वाम गठबन्धनको सरकार निर्माणको तयारी भैरहदा राष्ट्रपतिको बिषयमा पनि धेरैले चासो दिएका छन् । राष्ट्रपतिका रुपमा वाम गठबन्धनभित्र दुईजनाको नाम बढी चर्चामा देखिन्छ । जसमा अहिले रास्ट्रपति रहनु भएका विद्यादेवी भण्डारी र अर्को झलनाथ खनाल हुन् ।

RAMBAHADURTHAPA-JHALANATH KHANAL

वाम एकताका लागि छलफल चलिरहेका बेलामा झलनाथ खनालले राष्ट्रपतिमा आफ्नो दावी देखाएको खनाल श्रोत नेताहरु बताउँछन् । तर, भण्डारीले पनि थप एक कार्यकाल राष्ट्रपति हुने ईच्छा गरेकाले अहिलेसम्म खनाल र भण्डारी दुई जनै राष्ट्रपतिका दाबेदार रहेको नेताहरुको भनाइ छ ।

तर, एमालेले पाँचवर्ष प्रधानमन्त्री चलाउँदा माओवादीले राष्ट्रपतिचाहिँ आफूले माग्न सक्ने अवस्थासमेत रहेको माओवादी नेताहरुको तर्क छ । यही आधारमा कतिपयले रामबहादुर थापा बादललाई समेत राष्ट्रपतिका रुपमा ‘प्रोजेक्ट’ गर्न थालेका छन् ।

संसदमा वाम गठबन्धनकै बहुमत रहेका कारण जो राष्ट्रपति बने पनि वाम गठबन्धनबाटै बन्ने निश्चित छ । र, एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति दुबै छानिएको अवस्थामा शीतलनिवास र सिंहदरबारको लय मिल्ने सम्भावना पनि उत्तिकै प्रवल छ । यसले शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणलाई पनि प्रभाव पार्ने अहिलेको अध्यादेश विवादले छताछुल्ल पारिदिएको छ । एभरेष्ट दैनिकबाट