काठमाडौ – राष्ट्रिय जनता पार्टी नेपालको समानुपातिक सूचीमा आफ्नो नाम नपरेको भन्दै आक्रोशित समुहले पार्टी कार्यालयमा तोडफोड गरेको छ । राजपा नेपालले आज समानुपातिकको सूची आयोगलाई बुझाएको छ । नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिक सूचिमा नपरेको कारण उनका सहयोगीहरुले तोडफोड गरेको स्रोतले जनाएको छ ।

rajapa karyalaya todfod

पार्टीले आफूलाई समानुपातिकमा नाम नराखेर अन्याय गरेको गुनासो विनोद चौधरील गरे । ‘उनले भने, ‘आफ्नो जागिर १० वर्ष अझै बाँकी थियो तर राजपा नेपालले संसदको टिकट दिने भनेर राजिनामा दिन लगाएको थियो तर, टिकट नदिएर समानुपातिकको उम्मेद्वार बनायो आज नामावली बुझाउँदा मेरो नाम हटाएको छ त्यसले मलाई दुख लागेको छ ।’

आफ्नो नाम अल्पसँख्यकको एक नम्बरमै थियो तैपनि नाम नराखेको गुनासो उनले गरे । उनले भने, ‘पार्टीमा कसले तोडफोड गर्यो मलाई थाह छैन, मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलाई नै सोध्नुस् ।’ भुवनेश्वर चौधरीलाई सम्पर्क गर्दा सम्पर्कमा हुन सकेन ।

पार्टी कार्यालयका कर्मचारी प्रदीप पाठकले तोडफोड भएको कुरा आफूले सुनेको तर कसले गरेको थाहा नभएको बताए । उनले आफू पार्टीको कार्यालयमा नरहेको बताए ।

राजपा नेपालले बुझाएको नामावलीमा बविता चौधरी, निलम देवी भुमिहारनी, अन्जुकुमारी, पुनम यादव, विभा ठाकुर, डिम्पल झा, रामनरेश राय यादव, जानकीशरण साह, रामप्रवेश बैठा र लैला खातुनको नाम रहेको छ । राटोपाटीबाट