इन्द्रेणी संवाददाता
काठमाडौं, १४ पुस । मुलुक संघीयतामा भइसकेकाले नयाँ सरकार गठनसगै प्रदेशमा बन्ने सरकारको पनि मोडालिटी तयार भएको छ । प्रदेशमा कुन कुन मन्त्रालय रहनेमा सम्भावित मन्त्रालयको खाता तयार पारिएको छ तर यसलाई मन्त्रिपरिषदबाट पारित गर्न भने बाँकी नै छ ।
प्रदेशमा रहने मन्त्रालयहरु
१– मुख्य मन्त्री तथा प्रदेश परिषद्को कार्यालय
२– गृह मन्त्रालय
३– अर्थ मन्त्रालय
४– शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय
५– कृषि तथा भूमि ब्यवस्थापन मन्त्रालय
६– पूर्वाधार विकास मन्त्रालय
७– वन विज्ञान तथा वातावरण मन्त्रालय