काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका नेताले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग पुनः आग्रह गरेका छन् । शुक्रबार राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरूले राष्ट्रपति भण्डारीसँग राष्ट्रिय सभा निर्वाचनसम्बन्धी सरकारले पठाएको अध्यादेश पारित गरेर वर्तमान जटिलता हटाउन अनुुरोध गरेका हुन् ।

Sher-Bahadur-Deuba-Bidya-Devi-Bhandariभेटका लागि शीतलनिवास पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार राष्ट्रिय सभा निर्वाचन र सरकारले पठाएको अध्यादेशका विषयमा कुराकानी भएको छ । ‘राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक अध्यादेश र वर्तमान राजनीतिक जटिलताका विषयमा कुराकानी भयो,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

भेटमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले भने, ‘राष्ट्रपतिबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश स्वीकृत हुनेमा विश्स्त छौं ।’ भेटमा प्रधानन्त्री देउवा, वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, नेता विमलेन्द्र निधिसहितका नेता सहभागी थिए । राजधानीबाट