पाण्डव शर्मा
घाेराही । उप-प्रधानमन्त्री कृष्णबहादुर महराले पाँच नं प्रदेशकाे राजधानी कुनै पनि हालतमा दाङ हुने बताएका छन् ।

krishna-mahara_MCe90aMNQfअाज विहानै देखि भेटघाट तथा घरदैलाे शुरु गरेका महराले दाङ राजधानी हुने कुरामा शंक नगर्न सबैलाई अाग्रह गरे । महराले अहिले सम्म अाफूले राजनीतिमा कहिले हार व्यहाेर्नु नपरेकाे उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा अाफू विजयी हुने दावी गरे ।

भाैगाेलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भाैगाेलिक समदुरीका हिसाबले दाङ पाँच नं प्रदेशकाे राजधानी हुन उपर्युक्त भएकाे महराकाे भनाई छ । वुटवललाई मुलुककै पर्यटकीय शहर र नेपालगञ्जलाई अाैद्याेगिक शहर बनाईने उनले जानकारी दिए ।

दाङ राजधानी बनाउने कुरामा अाफूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी वली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भईसकेकाे जानकारी दिए ।

महराले एमाले र माअाेवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरे । एकता पछि पप्रधानमन्त्री र पार्टी एकता फरक फरक व्यक्ति हुने उनले स्पष्ट पारे ।