13445479_1648344878823920_4700492882990011097_nघोराही, ५ असार । नेपाल बंगलादेश (एनबी) बैंक लिमिटेड दाङ शाखाको आइतवार उद्घाटन गरिएको छ । ३२ शाखाको रुपमा दाङमा स्थापना भएको बैंकको आइतवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । बैंकको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले, बैंकका सञ्चालक माधवप्रसाद न्यौपाने ंर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
नेपाली संस्थापक र बंगलादेशको आईएफआईसी बैंक लिमिटेडको संयुक्त लगानीमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको बैंकले ग्राहकहरुकालागी विभिन्न सेवा दिईरहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले बचत खातामा ५ लाखसम्मको मृत्यु दुर्घटना बिमा, ५ सय रुपैयामा बाल खाता, १ हजार रुपैयामा महिला ऋणी बचत खाता, ३ सय ६५ दिन बैंकिङ सेवा लगायतका सेवा रहेको जानकारी दिनुभयो । उहाँले गत जेठ २४ गते सम्पन्न भएको बैंकको बार्षीक उत्सवका अवसरमा ६ दिनसम्म ग्राहक सप्ताहको रुपमा सम्पन्न गरेको जानकारी दिनुभयो ।

२०७२ साल असोज २६ गतेदेखी सञ्चालनमा आएको दाङ शाखाले भिजा डेबिड कार्ड बढि सेल्स गरेक कारण क्रस सेलिङ अवार्ड पाएको पनि उहाँले जानकारी दिनुभयो । बैककले ६० दिने मुद्धति योजना लिएको र जसमा ६० दिनमा मुद्धति खातामा ६ प्रतिशत व्याजदर एवं न्यूनतम मौज्यात रकम ६० हजारमात्र रहेको पनि उहाँले जानकारी दिनुभयो । साथै बैंकले निर्माण व्यवसायीसँग नेपाल बंगलादेश बैंंकको साथ कार्यक्रम पनि लिएको छ ।

यसैगरि बैकले आफ्नो २३ औँ बर्षमा प्रवेश गरेको अवसरमा वन्यजन्तु संरक्षणकालागी पनि काम गरेको छ । जसमा चितवनमा वन्यजन्तु संरक्षण र नवलपरासीमा २५ संघ नेपालसँगको सहकार्यमा बहुमुल्य प्रजातिका रुख वृक्षारोपन गरेको बैकले जानकारी दिएको छ । कार्यक्रममा दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण आर.के.शीतलले गर्नुभएको थियो ।