बर्दिया, ७ पुस । बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक बिहीबार दिउँसो गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोल दाहालले बताए । मृत अवस्थामा फेला परेको गैँडाको खाग, खुर लगायत सबै अंग सुरक्षित रहेको छ ।










