काठमाडौं, ५ पुस। पूर्व डीआईजी एवं नेकपा एमालेबाट टिकट पाएर ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध कीर्ते मुद्दा दायर भएको छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंले कीर्ते मुद्दा दायर गरेको हो ।

Nawaraj-Silwal-bजाहेरी दर्ता भएसँगै सिलवाल फरार अभियुक्त भएका छन् । महानगरीय परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले मुद्दा दायर भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’ जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएसँगै सिलवाल सांसदबाट निलम्बनमा पर्नेछन् । हाल प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान सकिएपछि जिल्ला अदालतमा मुद्दा दर्ता हुनेछ ।

सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न भनेको थियो । सर्वोच्च अदालतले कीर्ते गर्नेहरुलाई अनुसन्धान गरी कारबाहीको आदेश दिएको थियो ।