इन्द्रेणी संवाददाता
पुस ४ दाङ । उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले देशभरका सबै बामपन्थी एकता भएर राष्ट्र निर्माणका लागि बिकासको साझा एजेन्डा लिएर जानुपर्ने बताएका छन् ।

देशमा भएको लामो समय सम्मको द्वन्द्व र त्यसपछिको संक्रमणकालका कारण देश बिकास नभएर अस्थिरता पैदा भएकाले देशको समग्र बिकासका लागि बाम एकताको विकल्प नभएको महराको भनाइ छ ।
निर्वाचन पछि पार्टी एकीकरण तथा सरकार निर्माणमा माओवादी र एमाले बीच मतभेद भयो रे नि भन्ने इन्द्रेणी अनलाइनको प्रश्नमा महराले भने – ‘देशका ठुला पार्टी एकता भएर जाने क्रममा सानातिना मतभेद हुनु स्वाभाविक नै हो ।
अब सकेसम्म देशभरका बामपन्थीको एकता गरेर एउटा बिशाल कमन्युष्ट पार्टी निर्माण गरेर जाने यदि तत्काल त्यो सम्भब नभए कम्तीमा पनि एमाले र माओवादी केन्द्रको एकता गरेर जनतामाझ जानुको बिकल्प छैन । यदी त्यसो नगरेर एकता प्रक्रियाबाट पछि हटे ठुला नेताहरु नै समाप्त हुन्छन । त्यसैले जनमतको कदर गर्दै हामी देशभर एउटै कमन्युष्ट पार्टी बनाएर बिकास निर्माण अघि बढ्नुको विकल्प छैन ।’











