काठमाडौ ,३ पौष भारत संग सिमा जोडिएका दाङ सिमवर्ती क्षेत्र छिट्टै संचार संग जोडिने भएका छ्न। प्रदेशसभा सद्स्य इन्द्रजित थारुको पहलमा आंउदो २ महिना भित्र ती क्षेत्रमा नेपाल टेलिकमले टावर जोडेर संचार सेवा पुर्याउने भएको छ ।सभासद थारु नेतृत्वको टोलीले मंगलबार नेपाल टेलिकमको केन्दिय कार्यालयमा पुगेर सिमाबासी बर्षौ यता संचारको अभाव भोग्दै आएकाले सेवा पुर्याईदिन आग्रह गर्नुभएको थियो ।
थारुको पहल बमोजिम टेलिकमकी म्यानेजीङ डाईरेक्टर कामीनीराज भण्डारीले २ महिना भित्र सो स्थानमा टेलिकमको टावर जडान गर्न्र प्रतिबद्धता जनाउनु भएको हो ।’ २१ औं शताब्दीको यो समयमा संचार जस्तो आधारभुत सुविधा नपुग्नु दुख्दायी कुरा हो ।यसबारे हामीलाई पनि जानकारी थिएन ।’उहांले भन्नुभयो ‘मध्यपश्चिमका ५४ स्थानमा टेलिकमले टावर जडान गर्ने तयारी गरेको छ ।दाङलाई प्राथमिकतामा राखेर सेवा बिस्तार गर्नेछौ ।’
टेलिकममा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दामोदर केसीले सभासद थारुले पहिलो चरणमा दाङको गुरुङ खोला ,सिरिया नाका,भौवा नाका,सिरिया नाका र खांग्रा नाकामा सेवा विस्तार गरिदिन आग्रह गरेकाले शुरुमा ती स्थानमा र त्यसपछ्री अन्य स्थानमा पनि टेलिकमको सेवा विस्तार गरिने जानकारी दिनुभयो। डेलिगशन टोलीमा माओबादी केन्द्रका नेता बिरेन्द्र चौधरी ,गुंज बहादुर विष्ट लगायतको सहभागीता रहेको थियो ।