काठमाडौँ, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवाढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।
एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले २०७३ वैशाखको भूकम्पबाट क्षतिग्रस्त लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् ।
लाङटाङपछि हेलिकोप्टरबाटै टिमुरेस्थित रसुवागढी नाकामा ओर्लिएका ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमण स्मरण गर्दैै अब पूर्वाधार निर्माण तीब्र पारिने बताए ।
उनले चीनको तिब्बत हुँदै काठमाडौँसम्म यही नाकाबाट रेल सेवा निर्माणको प्रक्रिया अघि बढिसकेको कुरा पनि बताए । ‘यही नाकाबाट हामी नेपालसम्म चीनको रेल लैजान्छौँ’, ओलीले भने, ‘जटिल भूगोल भएकाले यहाँ केबुलकार पनि चलाउने प्रक्रिया अघि बढिसकेको छ ।’