इन्द्रेणी संवाददाता
दाङ, ३ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाको २५ औं स्थापना दिवसमा इन्द्रेणी अनलाइनका कार्यकारी सम्पादक उदय बीसीलाई पुरस्कृत गर्ने भएको छ ।
महासंघले विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । रुकुम स्थायी घर भएका पत्रकार बीसी दाङमा रहेर करीव १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी पत्रकार महासंघ दाङका प्रदेश पार्षद समेत हुन् ।










