गोविन्द खड्का
घोराही, ३ पुस । मान्छेले महको महत्वबारेमा बल्ल बुझेको माहुरीपालकहरु बताउछन् । अहिले मह खाने चेतना जागेको महाविर विकन्सर्न घोराहीका सञ्चालक शेरबहादुर गिरीले जानकारी बताए । करिब ८५ घार माहुरीका मालिक गिरी अघिल्ला बर्षहरुमा स्थानियको मह नखाने चालाले धेरै यति खुशी थिएनन् । मरीमेटी व्यवसायमा लागेर उत्पादन गरेको सबै भन्दा जिवन उपयोगी तत्व मह अन्तैकाले खान्थ्यो । बरु स्थानियले तोरीको रस खाइदिन्छ र दाना पोटिलो हुन्न भनेर बारीमा बसाल्नै मान्दैन्थे ।

hane copyयसपटक मेरो बारीमा बसाले हुन्थ्यो भन्नेहरु बढे । पोहरभन्दा मह धेरै बिक्यो । लामो समयदेखि स्थानिय रुपमा माहुरी पाल्दै आउनुभएका युगराज पोख्रेल चिउरीको मह अत्याधिक बिक्ने गरेको बताउनुहुन्छ । अग्र्यानिक भनेर औषधिको रुपमा पनि मह किन्ने गरेका छन् ।
यसैगरी दुई बर्ष अघिको तुलनामा यसपटक मह धरै विकेकोमा चितवनका माहुरी पालक धु्रर्व गिरीपनि मख्ख हुनुहुन्छ । अघिल्लो बर्ष चराउन नपाएका गिरी मह विक्रि देखेर आश्चर्य व्यक्त गर्नुहुन्छ । ‘महको खपत राम्रो छ’ घोराहीका माहुरी पालक मदन न्यौपानेले भने ‘पोहर भन्दा अहिले घरबाटै धमाधम फुट्कर विक्री भएको छ ।’ उनका अनुसार महप्रति मोह बढेको छ । त्यसले शिब शक्ति बी कन्सनमा रहेको प्रशोधन मेशिनमा भने कुनै असर गरेको छैन । सञ्चालक विष्णुराज श्रेष्ठका अनुसार बार्षिक ९० मेट्रिकटन बढि प्रशोधन हुने क्षमताको मेसिन छ ।

एकपटकमा एक टन प्रशोधन क्षमता भएको मेशिनमा १५ टन जति जम्मा भएको छ । गत बर्षको भन्दा बढि हो । गिठेपानी, रामपुर र केही तुलसीपुर क्षेत्रबाट मह आएको छ । यतिवेला प्रशोधन केन्द्र भन्दा माहुरी पालिएका क्षेत्रमा ग्राहकको नजर छ । ताजा मह भनेर उतैबाट लैजान्छन् । बजारमा मह विक्री यथावत देखिएपनि पालन क्षेत्रमा बढेको छ । सामान्यत माहुरीले जन्मेको २१ दिन पछि मह बोक्न थाल्छ । त्यसले ३० दिनसम्म काम गर्न सक्छ ।

माहुरी पालकहरुका अनुसार पाका माहुरी मरेर बच्चाहरु वयस्क हुदैछन् । यतिबेला मह कम उत्पादन हुन्छ । त्यसैले फुट्कर ग्राहक र आफन्तलाई मह पुयाउन धौ–धौ परेको छ । त्यसमा चिउरीको मह राम्रो मानिन्छ । जम्दैन । रातो देखिन्छ । यसलाई पुर्ण आग्र्यानिक मानिन्छ । तोरीको सेता देखिन्छ । जमेको हुन्छ । तोरीमा रासायनिक मल तथा अन्य औषधि पनि प्रयोग गरिने भएकाले धेरैले रुचाउदैनन् । घार नजिक जाँदा मंङ्गवास्ना आउने मह खोज्छन् ।

त्यो खाँटी मह चिउरीको रसबाट उत्पादन भएको मानिन्छ । गिठेपानी क्षेत्रको उपयुक्त छ । पतञ्जली योग समिति गठन गरेर योगा र आयोर्वेदलाई व्यापक बनाएपछि मह प्रतिको बुझाई सकारात्मक भएको धेरैको बुझाई छ । पतन्जली योग समिति घोराहीका अध्यक्षा तोयानाथ योगिका अनुसार महको फाईदा योगा हुने ठाउहरुमा बताईन्छ । पतन्जलीका खाने जडिवुटी एवं आयुर्वेद औषधिमा मह मिसाएर खान सिकाइन्छ । महको फाईदा नेट ईन्टरनेटमा पनि व्यापक छ । त्यसैले पनि महको खपत बढेको छ । यसलाई सबैले खाने वातावरण बन्दैछ ।
मनतातो पानीमा घोलेर खादा गरम र चिसो पानीमा खादा सर्दि हुने भएकाले पनि यो सिजनमा महको महत्व बढेको छ ।

चिसोको खराबी बाट जोगिन धेरैले मह उपयोग गर्छन् । आयुर्वेद शास्त्रमा वायु, कफ र पित्तलाई महत्वका साथ हेरिन्छ । आयुर्वेद डाक्टर मनोज अधिकारीका अनुसार बायुलाई तेल, कफ लाई मह र पित्तलाई घिउले निको पार्छ । यतिबेलाको चिसो मौसममा कफ सम्वन्धि खराबी हुन्छन् । अधिकारीका अनुसार महमा गुलियो र टरर्रो रस हुन्छ । माहुरीले जस्तो फुल बाट रस ल्याउछ त्यसको अंश पनि आएको हुन्छ ।

त्यसैले चिउरीको रस खाएको माहुरीको महलाई पुर्ण आग्र्यानिक मानिन्छ । पाए सम्म त्यो नियमीत खानुपर्छ । मलमा न्युनमात्रामा जाने र करीब ९० प्रतिशत रगतमा घुल्ने भएकाले सबै आयुर्वेद औषधिमा मह मिसाएर खान सल्लाह दिने गरेको अधिकारीले जानकारी दिए । यसले पनि महको खपत बढेको छ । यसरी सतप्रतिशत तत्व रगतमा घुल्ने र शरीरले शोषण गर्ने मह मात्रै एउटा हो । मोटोपन घटाउने कागती र मह मिसाएर खादा हुन्छ । त्यसले कोलेष्टोलको मात्रा घटाउछ । चिसो पानी वा तातो पानीमा घोलेर खानुपर्छ । तर पुरै घुलेपछि मात्रै खाने हो । ‘खालीपटेमा खादा अति राम्रो हुन्छ’ डाक्टर अधिकारीले भने, ‘भर्खर जन्मेको बच्चालाई दिन मिल्ने मह हो ।’ यसैले पनि महप्रति धेरैको मोह बढ्न जरुरी छ ।