घोराही, १ पुस । घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको पाक्षिक अभियानअन्तरगत शनिबार घोराही बजारमा एकैसाथ सरसफाई गरिएको छ । प्रत्येक महिनाको १ र १५ गते सरसफाई अभियान सञ्चालन गर्दै आएको उपमहानगरले शनिबार पनि एक दर्जनबाट एकै साथ सरसफाई गरेको हो ।

safai picनगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, वडा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, बाताबरण शाखा प्रमुख सुबोध रेग्मी सहित म्यादी प्रहरी र सम्बन्धित टोल विकास संस्थाका व्यक्तिहरुले घोराही बजारको सरसफाई गरेका हुन् ।

सरसफाई अभियानका क्रममा नगर प्रमुख नरुलाल चौधरीले बजार क्षेत्रका सबै बस्तीहरुमा रहेका टोल विकास संस्थाहरुले अब आफै सरसफाईको जिम्मा लिनुपर्ने बताएका छन् । आफुले गरेको फोहोर र आफ्नो घर अगाडीको फोहोर आफैले सफाई गर्न समेत नगर प्रमुख चौधरीले सबैलाई आग्रह गरेका छन् ।

सरसफाई नै व्यक्तिगत र बजारको सुन्दता सँग जोडिने ईज्जत भएको भन्दै उनले एउटाले गर्ने फोहोर अर्कोले उठाउन नसकिने स्पष्ट पारेका छन् । साथै घर तथा पसलबाट उत्पादन हुने फोहोरलाई व्यबस्थित संकलन गरि उपमहानगरको गाडीमा फ्याक्न समेत नगरबासीलाई आग्रह गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।