घोराही, १ पुस । घोराही बजारमा रहेका मासु व्यवसायीहरुले आफैले गरेको सहमति उलंघन गरेर मासु बिक्री वितरण गरेको पाइएको छ । गत असोज २४ गते घोराही उपमहानगरपालिकामा भएको छलफलमा मासु व्यवसायीहरुले डिफ्रिजमा राखेर मासु विक्री वितरण गर्ने सहमति भए पनि त्यसो नगरिएको पाइएको छ ।
त्यस्तै असोज २८ गते देखी मासु पसल सबैले दर्ता गर्ने, सफा राख्ने, अकुंशमा नझुण्डाउने, डिफ्रिजमा राख्ने, जाली तथा सिसाको प्रयोग नगर्ने, मूल्य सूचि अनिबार्य राख्ने, खसी, बोका र बाख्राको मासु छुट्टा छुट्टै राख्ने लगाएतका बिषयमा व्यवसायीहरुले सहमति जनाएका थिए ।
तर उनीहरुले सहमतिलाई कार्यान्वयन नगरेको पाइएको छ । नगर प्रमुख नरुलाल चौधरीसहितको टोलीले आज बजार सरसफाईका क्रममा मासु पसलहरुको समेत निरिक्षण गर्दा यसो पाइएको हो ।